फाइनलमा पुग्न मलेसियाको सामना गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी चार देशको महिला टी- २० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज आयोजक मलेसियाको सामना गर्दैछ ।

मलेसियाको वायुमास ओभल मैदानमा यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि सुरु हुनेछ । नेपालले अहिलेसम्म लगातार दुई खेलमा जित हासिल गरेर अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा हङकङको महिला टिमलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । मलेसियाले भने आफ्नो पहिलो खेलमा कुवेतलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो ।

आज नेपालले मलेसियाको सामना गर्नु अघि आज नै अर्को खेलमा हङकङ र कुवेतबीच खेल हुँदैछ । कुवेतले दुवै खेलमा हार बेहोरेकोले फाइनलको दौडबाट बाहिर रहेको छ । नेपाल अहिले २ खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ भने हङकङ र मलेसिया २-२ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

आजको खेलमा विजयी भएमा नेपाल ६ अंकका साथ अपराजित रहँदै फाइनल खेल्नेछ । यदि नेपाल पराजित भएमा भने नेटरनरेटमा निर्भर रहनेछ । शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् भने दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *