आईफोन १५ भारतमा उत्पादन, कहिले हुन्छ सार्वजनिक ?

२०८० भदौ ८ गते

काठमाडौं । एप्पलले भारतमा आईफोन १५ को उत्पादन सुरु गरेको छ । एप्पलको आपूर्तिकर्ता फक्सकनले भारतको तामिलनाडुस्थित आफ्नो प्लान्टमा आईफोनकाे नयाँ सिरिज उत्पादन थालेको हो ।
एप्पलले भारतमा आफ्नो आईफोन उत्पादनको मात्रा बढाउँदै लगेको छ । सन् २०२२ मा मात्रै भारतमा सात अर्ब डलर बढी मूल्यको आईफोन एसेम्बल भएको थियो । भारतमा फक्सकन बाहेक पेगाट्रोन, टाटा ग्रुप जस्ता अन्य कम्पनीले पनि आईफोन १५ एसेम्बल गर्न लागेकाे बताइएकाे छ ।
आउँदो सेप्टेम्बर महिनामा हुने ‘एप्पल इभेन्ट’मा आईफोन १५ सार्वजनिक हुँदैछ ।

२०८० भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित