भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौं, सन्दीप नभए टिममा ठुलो फरक पर्छ : कप्तान रोहित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् ।

एसिया कपमा सहभागी हुन मंगलबार पाकिस्तान जानु अघि भएको पत्रकार सम्मेलनमा भारत र पाकिस्तानसँग आफुहरुले राम्रो क्रिकेट खेल्ने बताए ।

‘हामी भारत र पाकिस्तानको समूहमा छौ । पहिलो पटक उनीहरुसँग खेल्दै छौ । सबै जना उत्साहित छौं’, ‘पौडेलले भने, ‘सबै जनाले राम्रो तयारी गरेका छौं । नतिजा हाम्रो हातमा छैन । तर, कस्तो खेल्ने भन्ने हाम्रो हातमा रहेकोले सबैले राम्रो खेल्न सकेको प्रयास गर्ने छौं।’

क्रिकेटको खेलमा नतिजा जस्तो पनि आउन सक्ने समेत पौडेलले बताए ।

सन्दीपको एसिया कपमा सहभागिताबारेमा आफुले अहिले पूरा जानकार नरहेको र उनी सहभागीता नहुने हो भने टिममा ठुलो फरक पर्ने रोहितले बताए।

आगामी भदौ १३ मा पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यू पनि गर्दै छ। नेपाली टोली एसिया कपमा सहभागी हुन आज राती त्य तर्फ जादै छ । नेपालले एसिया कपको अन्तिम तयारी पाकिस्तानमा नै गर्ने छ।

समूह चरणको दोस्रो खेलमा भदौ १८ मा भारतसँग खेल्दै छ ।प्रतियोगितामा नेपाल सहित छ देशले सहभागीता जनाउने छन्।

भारत र पाकिस्तानसँग नेपाल समूह ए मा छ भने समूह बी मा अफगानिस्तान, श्रीलंका र बंगलादेश छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *