एसिया कप खेल्न नेपाली क्रिकेट टोली आजराति पाकिस्तान जाँदै, सन्दीप बिरामी

नेपाली क्रिकेट टोली एसिया कप खेल्न आज राती एक बजे पाकिस्तान जादैछ । तर सन्दीप लामिछाने भने नेपाली क्रिकेट टोलीसँग पाकिस्तान नजाने भएका छन्।

नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न टोलिसँग नजाने निश्चित भएको हो।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप आज नजाने पुष्टि गरेका छन् । ‘सन्दीप आज नेपाली टोलीसँग जादैनन् । उनी बिरामी छन् । फिट नहुँदा अभ्यासमा पनि आएका थिएनन् । टोली आज राती एक बजे पाकिस्तान जान्छ’, चन्दले भने ।
तर सन्दीप के बिरामी भन्ने खुलाइएको छैन।

चन्दले सन्दीप सन्चो भइसकेपछि जाने बताएका छन् । क्यानले साढे चार बजे एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेको छ।

त्यसअघि राष्ट्रिपति रामचन्द्र पौडेलले दिउँसो दुई बजे शीतलनिवासमा बोलाएर एक कार्यक्रमकाबीच बिदाई गर्दै शुभकामना दिएका छन् ।

सन्दीप राष्ट्रपतिको बिदाई कार्यक्रमका पनि गएका थिएनन्। नेपाली टोलीले आइतबार र सोमबार बन्द प्रशिक्षण गर्दा उनी अभ्यासमा पनि थिएनन् । नाबालिग बलात्कारको आरोपमा सन्दीपको मुद्दा अन्तिम फैसलाका लागि पटक पटक पेशी चढे पनि फैसला आउन सकेको छैन।

मुद्दाको फैसला नहुँदा सन्दीपको भविष्य अन्यौल बन्दै गएको छ। सन्दीपले पनि आफू दोषि भए जेलमा पठाउन र निर्दोष भए ढुक्कले खेलमा पठाउन आग्रह गरेका छन्।

एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, पाकिस्तान र भारत एउटै समूहमा छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। नेपालले १३ भदौमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । भदौ १८ भारतसँग श्रीलंकामा खेल्नेछ ।

एसिया कप खेल्ने टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *