भारतीय नम्बरको बाइक चलाएका दुई युवकसँग भेटिए दुई पेस्तोल

सर्लाही । सर्लाहीमा हतियारसहित २ जना पक्राउ परेका छन् । हरिपुर्वा नगरपालिका-६ का २३ वर्षीय जीवन राय यादव र २० वर्षीय प्रकाश यादव पक्राउ परेका हुन् ।

शनिबार राति जिल्लाको पर्सा गाउँपालिका-६ मा सशस्त्रको बोर्डर आउट पोस्ट संग्रामपुरले भारतबाट नेपाल आउँदै गरेका यादवद्वय सवार बिआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा हतियार भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी कैलाश राईले जानकारी दिए ।

उनीहरूको साथबाट प्रहरीले भारतीय बैंकको एटीएम कार्डसहित नगद ११ हजार ६८० रुपैयाँ, ७.६५ एमएमको पेस्तोल एक थान सोको म्याग्जिन एक थानसहित १५ राउन्ड गोली र १.८ एमएमको एक थान कटुवा पेस्तोल र सोको ५ राउन्ड गोली बरामद गरेको छ । सूचना अधिकारी राईकाअनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *