वर्तमान निर्वाचन प्रणाली फेरिनुपर्छ : लीलामणि पोखरेल

जनकपुर । नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले निर्वाचन प्रणाली बदलिनुपर्ने बताएका छन् । उनले अहिलेको निर्वाचन प्रणाली पुँजीपति वर्गका लागि मात्रै रहेको बताएका हुन् ।

शहीद रामवृक्ष यादवको २९ औँ स्मृतिसभालाई धनुषाको बरमझियामा सम्बोधन गर्दै पोखरेलले अहिलेको निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो भएकोले यो प्रणाली गरिब निमुखाको लागि नरहेको बताए । उनले आफ्नो पार्टी अहिले पनि यो निर्वाचन प्रणाली फेर्न संघर्ष गरिरहेको रहेको बताए । माओवादीको मूल एजेण्डा अहिले पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको उनको भनाई छ ।

उनले माओवादीले जनताको लागि सुरु गरेको जनयुद्ध अहिले नै अन्त्य भएको नबुझ्न आग्रह गरे । उनले माओवादीले अहिलेका लागि जनयुद्ध स्थगित मात्रै परेको र आवश्यक परे फेरी जनताका लागि जनयुद्ध सुरु गर्ने बताए । मधेश प्रदेशका इन्चार्ज समेत रहेका पोखरेलले रामवृक्ष यादवले दशकौँ अगाडी देखेका सपना अहिले आएर बिस्तारै हुँदै गइरहेको बताए । माओवादी अझै पनि समाजवादको पक्षमा अडिग भएर उभिएको बताए । काँग्रेस एमाले लगायतका दल अझै पनि माओवादीप्रति जालझेल गरिरहेको उनको आरोप छ ।

जनयुद्ध सुरु हुनु अगावै तयारीकै क्रममा विसं. २०५१ भदौ २ गते तत्कालीन राज्य पक्षद्वारा रामवृक्ष यादवको हत्या गरेको थियो । २००३ सालमा धनुषाको बरमझियामा जन्मेका उक्त क्षेत्रमा यादव ‘मास्टर साहेब’को नामले चर्चित थिए । कार्यक्रममा माओवादी केन्द्रीय सदस्य एवं धनुषा इन्चार्ज श्रवण बरबरीया, पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्रीहरु बोधमाया यादव, पुर्वमन्त्री अजय शंकर नायक, महेन्द्र पासवान, मधेश प्रदेशकी मन्त्री सुनिता यादव, जिल्ला अध्यक्ष दिपक यादव, रामवृक्ष यादवका त्यो बेलाका समकालीन शोभित यादव, दलित मुक्ति मोर्चाका प्रदेश सचिव विनोद महरा लगायत हजारौँको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *