एशिया कपअघि नेपालीले पाकिस्तानमा अभ्यास गर्ने

काठमाडौँ । दुई सातापछि पाकिस्तान र श्रीलंकामा एसिसी एकदिवसीय एसिया कप हुँदैछ । पहिलो पटक एसिया कप खेल्ने भएपछि यो प्रतियोगितालाई चासोका साथ हेरिएको छ । त्यसमा पनि नेपालको समूहमा भारत र पाकिस्तान पर्दा झन् महत्व बढेको हो ।

नेपालको चासो यी दुई राष्ट्रका खेलाडीहरूप्रति हुनेछ । दुवै विपक्षी राष्ट्रमा चर्चित खेलाडीहरूको बाहुल्य भएकोले उनीहरूको खेल हेर्नुको बेग्लै रोमाञ्च हुने आशा गरिएको छ । नेपालले भारत र पाकिस्तानसँग इतिहासमा पहिलो पटक खेल्न लागेकोले यो प्रतियोगितालाई निकै महत्त्वका साथ हेरिएको छ।

नेपाली टोली आगामी साता पाकिस्तान जाने योजनामा छ । ‘नेपाली टोलीले भारत र पाकिस्तानसँग खेल्नुअघि त्यहाँ अभ्यास खेल खेल्ने छ,’ नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने, ‘त्यसको व्यवस्था पाकिस्तान क्रिकेट बोर्डले मिलाइदिएको हो ।

नेपाली टिम पाकिस्तानसँग खेल्नुअघि प्रशिक्षणका लागि ५ भदौमा कराँचीमा पुग्नेछ । एसिया कपको पहिलो पहिलो खेल नेपालले भदौ १३ मा पाकिस्तानसँग खेल्नेछ ।

नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ । नेपालले दोस्रो खेलमा भारतविरुद्ध भदौ १८ मा श्रीलंकामा खेल्नेछ । तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन् । सुपर फोर पछि एसिया कपको फाइनल भदौ ३१ मा हुनेछ ।

नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, श्याम ढकाल, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *