प्रधानमन्त्री प्रचण्ड र मेयर बालेन शाहबीच सिंहदरबारमा छलफल
२०८० साउन ३० गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच छलफल भएको छ ।
संघीय सरकारसँग तीव्र असन्तुष्टि जनाइरहेका बालेनले आज प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । छलफलमा काठमाडौँको सुकुम्बासी समस्या, तीनकुनेको जग्गाको मुआब्जालगायतका विषयमा कुराकानी भएको बताइएको छ । ती समस्या समाधानका विषयमा कुराकानी भएको बाइएको छ । छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमिसुधार मन्त्री, सामान्य प्रशासन मन्त्री, सहरी विकास मन्त्री र मन्त्रालयका सचिवहरुको समेत उपस्थिति थियो ।
तीनकुने पार्कमा अधिग्रहण गरिएको २४ रोपनी जग्गाको मुआब्जा नदिइएकोले तत्काल मुआब्जा दिनुपर्ने र सुकुम्बासीहरुको समस्यामा समाधान गर्नुपर्नेमा बालेनले जोड दिएका छन् ।
२०८० साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित








