३१ लाखसहित विमानस्थलबाट ३ जना चिनियाँ पक्राउ
२०८० साउन ३० गते

काठमाडौँ। ३१ लाख ८० हजार रुपैयाँसहित चीन जान लागेका तीनजना चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन्।
चिनियाँ नागरिकहरु झाओ हुई, जोङ छ्याङ र ताङ जिन पक्राउ परेका हुन्।
उक्त रकम झाओ हुई र ताङ जिनको रहेको खुलेपछि उनीहरुलाई थप कारबाहीका लागि राजश्वमा बुझाउने तयारी गरिएको छ।
मंगलबार नै उनीहरुलाई राजश्वमा लगिएको भएपनि राजश्वले ढिलो ल्याएको भन्दै फर्काइदिएको छ।
उनीहरुलाई बुधबार सीआईबीले राजश्वमा बुझाउने छ। अहिले सीआईबीमै फर्काइएको छ।
जोङ छ्याङलाई भने संलग्न नदेखिएपछि छाड्ने तयारी गरिएको सीआईबी स्रोतले जनाएको छ।
-यसअघि अन्यथा पर्न गएकाले सच्याइएको छ–सम्पादक।
२०८० साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित








