एक साताको हक्की सोलिडारिटी कार्यक्रम शुरु

काठमाडौँ । नेपाल हक्की संघको आयोजना तथा एशिया हक्कीको प्राविधिक सहयोगमा मंगलवारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम शुरु भएको छ ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने कार्यक्रममा एशिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेण्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनुहुनेछ । कार्यक्रममा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरेर कुल ३० को सहभागिता रहेको छ । कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ । यस्तै इभेन्ट्स म्यानेजमेण्टबारे पनि प्रशिक्षण दिइनेछ । प्रशिक्षकका भुमिकामा रहेका अली पाकिस्तानका पूर्व अन्तर्राष्ट्रिय खेलाडी छन् ।

प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विशेष कार्यक्रमबीच उद्घाटन गरे । त्यस अवसरमा उनले यस प्रशिक्षणबाट उत्पादन हुने जनशक्तिले नेपालमा हक्की खेलको पुनःउत्थान हुने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *