मुगुको चिप्लेगौडामा बोलेरो पल्टिदा पाँच जनाको मृत्यु

काठमाडौँ । मुगुको सोरुका जिप (बोलेरो) दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सोरु गाउँपालिका-७ को चिप्लेगौडामा सोमबार बेलुका भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको हो ।

सोरुकोटबाट सदरमुकाम गमगढी आउँदै गरेको ज १ च ७७७२ नम्बरको जिप दुर्घटना हुँदा दुईको घटनास्थलमै, दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा र एक जनाको सदरमुकाम गमगढी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख महेश बस्नेतले जानकारी दिए । उनका अनुसार मृतक पाँच जना मध्ये चार जना हुम्लाका हुन् भने एक जना सोरु गाउँपालिकाका हुन् ।

मृतकको परिचय खुल्न सकेको छैन । उक्त जिपमा चालकसहित नौ यात्रु रहेका बताइएको छ । जिप दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *