माओवादी नेतालाई प्रचण्डले भने – सुन प्रकरणमा जोडिएको भए जेल जान तयार हुनू

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गल तगर्ने माओवादीका नेताहरुलाई पनि जेल बस्न तयार रहन भनेका छन्।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताए।
उनले सुन प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्ने बताउँदै संलग्न रहे माओवादी नेताहरु पनि जेल जानु पर्ने र त्यसका लागि तयार रहन भनेको एक नेताले जानकारी दिए।
यसअघ सय किलो सुन प्रकरणमा माओवादीका केही नेताहरुको नाम जोडिएको छ। तर उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको छैन।
बैठकमा कृष्णबहादुर महराको भने नामै तोकेर छलफल भएको छ। यसअघिको भेपमा तस्करी भएको ९ किलो सुन प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल संलग्न रहेको खुलेको छ। तर पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरुलाई प्रतिवादी बनाएको छैन।
त्यसको चौतर्फी विरोध भइरहेको छ। प्रधानमन्त्री प्रचण्डले आरोप बारे प्रष्ट पार्न महरालाई भनेका थिए।








