माधव नेपाललाई फसाउन खोजियोः मन्त्री भुसाल
२०८० साउन २७ गते

काठमाडौं । एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष डा बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानबिनको लागी दिएको आदेश नै संशयपूर्ण भएको बताएका छन् ।
अदालतले नहुने विषयमा आदेश दिएको बताउँदै कृषि तथा पशुपक्षी मन्त्री समेत रहेका भुसालले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने विषयमा समेत प्रश्न उठेको बताए ।
‘न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरूले अदालतको आदेश अस्वाभाविक भएको बताइरहेको वेला हामीले त्यसलाई संशयको रूपमा लिएका छौ’, मन्त्री भुसालले भने । यद्यपि छानबिनलाई आफ्नो पाटीले सदैव सहयोग गर्ने उनको भनाइ छ ।
२०८० साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित








