कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने 

नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ ।
बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने रु नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले राससलाई जानकारी दिए।
बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताए।
भोलिको बैठकमा छलफल गर्ने एजेण्डाबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक आज दिउँसो बसेको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =