सांसद शर्मालाई पक्राउ गरेर गृहमन्त्री र प्रधानमन्त्रीले रिसिइबी साँधे-सचिवालय

कांग्रेस सांसद डा. सुनिल कुमार शर्मालाई अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका कारण पक्राउ गरिएको उनको सचिवालयले जनाएको छ। सांसद शर्मा पक्राउ परेपछि बिहीबार साँझ उनका स्वकीय सचिव बिवेक लिम्बुले विज्ञप्ति जारी गर्दै अधिवेसन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको अनुमति र पक्राउ पुर्जी समेत जारी नगरी सीआईबीले पक्राउ गरेको जानकारी दिएका छन्।

‘जनताको पक्षमा आवाज उठाउँदा गृहमन्त्री र प्रधानमन्त्रीले रिसिबी साध्ने मनसायले बर्बताको नाङ्गो नृत्य प्रस्तुत गर्दै वाक स्वतन्त्रताको खिल्ली उडाउँदै प्रजातन्त्रको मर्मबिपरित सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै सुन तस्करी काण्डका नाइकेहअरुलाई कारबाहीको माग राख्दै उठाइएको आवाजलाई दबाउने नियतको घोर भर्तसना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

सांसद शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महत समेतको मिलेमतोमा सुन तस्करी भएको भन्दै संसदमा उनीहरुको राजीनामा माग गर्दै आएका थिए। विमानस्थल प्रहरी र भन्सार विभागको चेकजाँच पास गरेर विमानस्थलबाहिर पुगेको सुन राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो।

सुन तस्करीको सेटिङमा संलग्न रहेका गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनु पर्ने र अनुसन्धानमा सहयोग गर्नु पर्ने सांसद शर्माको माग थियो। आफ्ना माग पूरा नभए संसदमै अनशन बस्नेसम्मको चेतावनी उनले दिएका थिए।

यहीबीचमा उनलाई पक्राउ गर्दा रिसिबी साँधेको आरोप छ। शर्मालाई हिरासतमा राख्नुअघि नेपाल प्हरी अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =