पक्राउ परिन् मिटरब्याजी सुजाता

काठमाडौँ । सिरहामा मिटरब्याजीको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले साहलाई बुधवार साँझ पक्राउ गरेको हो ।

अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतको आदेशको आधारमा उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए । ममता देवी रायले दर्ता गराएको मुद्दामा साह पक्राउ परेको बुझिएको छ । उनीमाथि प्रहरी र जिल्ला प्रशासन कार्यालयमा दर्जनौँ बढी उजुरी दर्ता छ ।

मिर्चैया क्षेत्रमा साह लामो समयदेखि चर्को मिटरब्याजमा लगानी गर्दै आएकी हुन् । उनका श्रीमान् (नाम नखुलेको) ले मिर्चैयामा कपडा पसल चलाउँछन् । कानून विपरीत सयकडा ३६ प्रतिशत ब्याजमा लगानी गर्ने र कतिपय व्यक्ति ऋण चुक्ता गर्दा पनि कपाली नदिने, हरहिसाब पनि गलत ढंगले गर्ने गरेको उनीमाथि पीडितहरूले आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *