पाकिस्तानसँग भिड्नुअघि नेपालले कराँचीमा अभ्यास खेल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ।

पाकिस्तानसँग उद्घाटन खेल खेल्नु आठ दिन अघि नै नेपाली टोली पाकिस्तानको कराँची पुग्ने पाकिस्तानको समा न्युजले उल्लेख गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) लाई नेपाली टिमलाई एसिया कपअघि पाकिस्तानमा अभ्यास गराउने व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो।

उक्त अनुरोधलाई पिसिबीले स्विकार गर्दै नेपाली टिमलाई कराँचीमा अभ्यास गराउने व्यवस्था मिलाएको हो। नेपाली टिम भदौ ५ मा कराँची पुग्नेछ। टिमले भदौ ९ सम्म कराँचीमा अभ्यास खेल र प्रशिक्षण स्थानीय टिमसँग गर्नेछ।

नेपाली क्रिकेट टिम भदौ १० गते मुल्तान पुग्नेछ। नेपाल र पाकिस्तानबीचको एसिया कपको पहिलो खेल भदौ १३ मा मुल्तानमा हुनेछ।

पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन्।

समूहको पहिलो खेल नेपालले अगस्ट ३० मा ९भदौ १३० पाकिस्तानसँग खेलेपछि नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने श्रीलंका पुग्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ ९भदौ १८० मा श्रीलंकामा खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *