पाकिस्तानको एसिया कप खेल्ने टोली घोषणा

पाकिस्तानले अर्को महिना हुने एकदिवसीय एसिया कप खेल्ने टोली घोषणा गरेको छ । ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म पाकिस्तान र श्रीलंकामा हुने एसिया कपमा पाकिस्तानले बाबर आजमको कप्तानीमा टोली घोषणा गरेको हो ।

पाकिस्तानले एसिया कप अघि अफगानिस्तानसँग तीन ओडिआई २२, २४ र २६ अगष्टमा सिरिज खेल्नेछ ।

पाकिस्तानले आफ्नो पहिलो रोजाईको टोलीलाई नै एसिया कपमा मैदान उतार्नेछ । एसिया कपको समूह ए मा पाकिस्तान, भारत र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । पाकिस्तानले ३० अगष्टमा घरेलु मैदान मुल्तानमा नेपालसँग खेल्दै एसिया कपमा सुरुवात गर्नेछ । दोस्रो खेल २ सेप्टेम्बरमा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ ।

पाकिस्तानको एसिया कप खेल्ने टोली:

बाबर आजम ९कप्तान०, अब्दुल्लाह शफिक, फखार जमान, हरिस रौफ, इफ्तिखर अहमद, इमाम उल हक, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम जुनियर, नसिम शाह, सलमान अली अघा, शादब खान, शाहिन अफ्रिदी, तयाब ताहिर, उस्मान मिर, फहिम अशरफ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *