सिक्रे खोलामा पहिरोले घर बगाउँदा एकको मृत्यु, ६ जना बेपत्ता
२०८० साउन २३ गते

काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिका-५ सिग्रेमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती-५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो ।
पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ । अक्कल बहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी ,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
२०८० साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








