बिएसआर मुभिज बागलुङमा विद्यार्थीलाई नि:शुल्क चलचित्र प्रदर्शन

बागलुङ । बागलुङ बजारमा रहेको विएसआर मुभिजमा विद्यार्थीका लागि निःशुल्क नेपाली चलचित्र हेर्न पाउने व्यवस्था गरिएको छ । साउनको १५ गतेदेखि बागलुङ बजारका निजी तथा सामुदायीक विद्यालयका विद्यार्थीहरुका लागि दैनिक २ वटा सो मार्फत निशुल्क नेपाली चलचित्र प्रदर्शन गरिएको बिएसआर मुभिजका व्यवस्थापक श्रीजेश गजुरेलले जानकारी दिए ।

हाल विएसआर मुभीजमा प्रदर्शन भैरहेको सामाजिक कथा बस्तुमा आधरित नेपाली चलचित्र बगान प्रतिदिन ४ सय जना विद्यार्थीको दरले निःशुल्क प्रदर्शन गराइएको छ । पछिल्लो समय बिधार्थीहरु माझ हलसम्म पुगेर चलचित्र हेर्ने चलन हट्दै गएको र चलचित्रको व्यापार खस्कँदै गएको बेला चलचित्रप्रतिको आर्कषण बढाउन बिएसआरले विद्यार्थीका लागि निःशुल्क हेर्न पाउने व्यवस्था गरेको हो । यो अवसर साउन २६ गतेसम्म चल्ने छ । मुभिजका व्यवस्थापक गजुरेलका अनुसार अहिले कक्षा ५ देखि १२ सम्मका विद्यार्थीका लागि निशुल्क चलचित्र देखाइएको हो ।

चलचित्र क्षेत्र, सिनेमा घर प्रतिको समुदायमा रहेको धारणा परिवर्तनको लागि समेत आफूहरुले अभियान थालेको उनले बताए ।

‘हाम्रो समाजमा फिलिम हेर्ने भन्दा अझै पनि नकारात्मक दृष्ट्रीकोणले हेर्ने चलन छ, यसलाई चिर्नका निम्ती सवै विद्यार्थीहरुलाई एकै ठाउँमा राखी शिक्षकहरुको प्रत्यक्ष निगरानीमा चलचित्र हेराउँछौँ,’ गजुरेलले भने, ‘सामाजिक चलचित्रहरु हेर्दा विद्यार्थीलाई पनि नयाँ कुराको जानकारी हुन्छ यसले नकारात्मक भन्दा पनि सकारात्मक पक्षलाई नै राम्रो बनाउँछन् ।’

अधिकाशं सिनेमा मनोरञ्जनसँग सँगै सन्देश बोक्ने हुँदा विद्यार्थी मार्फत् समाज परिवर्तनमा भूमिका निर्वाह गर्ने उनले बताए ।

अहिले सम्म बागलुङ बजार क्षेत्रका १३ वटा विद्यालयका २ हजार भन्दा बढि विद्यार्थीले बिएसआर मुभिजमा निःशुल्क चलचित्र हेरीसकेका छन । अघिपछि १५० देखि ३०० रुपैयाँ तिरेर हेर्नुपर्ने चलचित्र अहिले निःशुल्क हेर्न पाइने अफर भएपश्चात सिनेमा घरमा विद्यार्थीको बाक्लो उपस्थिति हुने गरेको गजुरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *