दीपेन्द्रको टाइगर्स र सन्दीपको सर्रे उपाधिको लागि भिड्दै

 काठमाडौँ । ग्लोबल टि-२० क्यानडामा नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले प्रतिनिधित्व गरेको मोन्टरिएल टाइगर्सबीच फाइनल हुने भएको छ ।

दीपेन्द्र सम्मिलित टाइगर्सले शनिबार राती दोस्रो क्वालिफायर खेलमा भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको हो । जितको लागि १ सय ३८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मोन्टरिएल टाइगर्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७रन बनाएको थियो । सन्दीप सम्मिलित सर्रेले भने पहिलो क्वालिफायर खेलमा नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

सर्रे शीर्षस्थानमा रहँदै सोझै क्वालिफायर खेलेको थियो । दीपेन्द्रको टोली लिगमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्नु परेको थियो । फाइनल खेल आज राति नेपाली समय अनुसार ९:४५ बजेदेखि शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *