दीपेन्द्र सम्मिलित मोन्टरियल ग्लोबल टी-२० को फाइनलमा

काठमाडौँ । मोन्टरियल टाइगर्स ग्लोबल टी-२० क्यानाडाको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा भ्यानकोभर् नाइट्सलाई एक विकेटले पराजित गर्दै मोन्टरियल फाइनलमा पुगेको हो । भ्यानकोभरले दिएको १३८ रनको लक्ष्य पछाएको मोन्टरियलले १९.३ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि भ्यानकोभरले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाएका थिए । यस खेलमा नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरीले २८ बलमा महत्त्वपूर्ण २५ रन बनाएका थिए । यस खेलमा उनले बलिङ भने गरेनन् ।

अब फाइनल खेलमा मोन्टरियलले सर्रे जागुअर्सको सामना गर्नेछ । फाइनल खेल आज राति नेपाली समय अनुसार ९: ४५ बजेदेखि शुरु हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *