सरकारले ईपीजीको विषयमा प्रष्ट पार्न सक्नुपर्छ : पूर्व परराष्ट्रमन्त्री ज्ञवाली

एमालेका नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रष्ट पार्न सक्नुपर्ने बताएका छन्।
सरकारले धारणा प्रष्ट बनाउन कति समय लाग्ने हो भन्नेकुरा तोकेर भन्न सक्नुपर्ने भनदै उनले नेपाल–भारत सम्बन्धलाई ‘अपडेट’ गर्नका लागि ईपीजी गठन गरिएको र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए।
‘एक्काइसौँ शताब्दीमा नेपाल–भारतको बीचमा कस्तो सम्बन्ध हुन्छ भने कुराको आधार त्यो प्रतिवेदनले दिएको बताएको छ। नयाँ ढंगले नबढीकन हामी गन्तव्यमा पुग्न सक्दैनौं। भारत नेपालमा नियन्त्रित अस्थिरता चाहन्छ भनिएको छ,’ उनले भने, ‘इतिहासले बोकाइदिएका केही बोझहरू छन्, सन् १९५० को सन्धी छ। सिमाका समस्याहरू छन्। अहिलेको सरकार दोषी छैन होला। तर, यो समस्या समाधान नगरिकन सम्बन्ध राम्रो भयो भन्न सक्दैन।’
उनले नेपाल–भारतको बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने कुराको आधार ईपीजीको प्रतिवेदनले दिएको बताए।
‘पारवहानमा पछिल्लो समय प्रगति भने भएको छ। अहिले चाहीँ सरकारले इपीजि सम्बन्धी दृष्टिकोण के हो? भनेर भारतलाई प्रष्ट भन्नुप¥यो,’ उनले भने, ‘समय चाहिएको हो भने कति समय चाहिएको हो? तोकेर भन्नुप¥यो। र, त्यसपछाडी हामी अगाडी बढ्नुपर्छ।’
उनले सन् १९५० को सन्धी, सीमा समस्याहरुमा वर्तमान सरकार दोषी नभए पनि समस्या समाधान गर्न सक्नुपर्ने बताए।








