१७ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गर्ने बुबा पक्राउ, पाँच महिनाको गर्भपछि बाहिरियो घटना

धादिङ । मजदुरीको सिलसिलामा धादिङ आएका बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसूरमा दाङका एक पुरुष पक्राउ परेका छन् ।

धादिङको धुनिवेशी नगरपालिका-१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए । त्यसैक्रममा १७ वर्षीया छोरीमाथि पटक-पटक जबरजस्ती करणी गरी भएको पीडित नाबालिकाको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

पटक-पटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ । धादिङको इँटा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको हो । पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो ।

घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसूरमा धादिङ अदालतले आज तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए । रासस

प्रतिक्रिया

One thought on “१७ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गर्ने बुबा पक्राउ, पाँच महिनाको गर्भपछि बाहिरियो घटना

  1. यस्लाई जिउदै जलाईदे सरकार !
    सक्दैनस भने म जलाउछु तर कानुनी रुप मा मलाई केही गर्ने छैनौ भनेर गृहमन्त्री ले अदालत मा कागज गर्दा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *