६ महिनाभित्र नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुन्छ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ६ महिना भित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने किसिमले मन्त्रालयले काम गरिरहेको बताएका छन् ।

प्राकृतिक विपद्को समयमा काम गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक लगानीमा निर्माण भएको ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र’ को आज धनुषाको सपहीमा प्रदेश सरकारलाई हस्तान्तरण गर्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले पहिलो पटक निजी तथा सरकारी अस्पतालमा गरेर ३ हजार २५ वटा शैय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुट्याउने काम भएको बताए ।

मन्त्री बस्नेतले अस्पतालको १० प्रतिशत शैय्या निःशुल्क गर्नुपर्ने प्रावधानको पालना ठुलोदेखि सबै अस्पतालले गर्नुपर्ने धारणा राख्दै निःशुल्क शैय्या नछुट्याउने माथि सरकार कठोर भएर कारबाही गर्ने बताए । उनले संविधानले नै आम जनताको लागि ग्यारेन्टी गरेको आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क प्रदान गर्ने प्रावधानलाई स्थापित गराउनका लागि मन्त्रालयले काम गरिरहेको बताए ।

मन्त्री बस्नेतले मधेस प्रदेशको नारायणी उपक्षेत्रीय अस्पतालमा किड्नीको हस्तान्तरणका लागि काम अगाडी बढाइसकेको र जनकपुरधाममा मुटुको सबै प्रकारको उपचार गर्नेगरि गङ्गालाल हृदयरोग केन्द्रको शाखालाई बलियो बनाउने काम भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =