सोह्रखुट्टेको एक गोदामबाट राजश्वद्धारा ६० काटन बढी ब्रेक शु बरामद
२०८० साउन १० गते

तस्बिर : अमित भट्ट
राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित नजिकै रहेको एक गोदाममा छापा मारेको छ।
उक्त गोदाबबाट राजश्वको टोलीले ६० कार्छनभन्दा बढी ब्रेक शु बरामद गरेको राजश्व श्रोतले जानकारी दिएको छ। यसअघि विमानस्थलबाट पनि राजश्वले ब्रेक शु भित्रै लुकाइएको अवस्थामा सुन बरामद गरेको थियो।
आज बरामद सामान पनि शंकास्पद रुपमा लिइएको छ। राजश्वको टोलीले यसअघि व्यापारी राकेश अडुकियाको घरमा पनि छापा मारेको थियो।
२०८० साउन १० गते
प्रतिक्रिया
सम्बन्धित








