सङ्गीत रोयल्टीका नाममा रेडियो नवीकरणमा अवरोध नगराैँ : रेडियो ब्रोडकाष्टर्स फोरम

काठमाडौँ । नेपालका स्वतन्त्र रेडियो सम्बद्ध छाता संगठन रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ) ले सरकारी स्तरबाट नै सङ्गीत रोयल्टी संकलन कार्यका लागि व्यवस्थित प्रणालीको विकास गर्नुपर्ने माग गरेको छ ।

सङ्गठनले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै सङ्गीत रोयल्टी संकलन समाजले आफ्नो सहमति कार्यान्वयन नगरेको तथा वितरण प्रणाली पारदर्शी र व्यवस्थित नगरेको भन्ने सर्जकहरूकै गुनासो रहेकाले सरकारी स्तरबाट नै सङ्गीत रोयल्टी संकलन कार्य व्यवस्थित बनाइनुपर्ने माग गरेको हो । अकोर्यावका महासचिव किशोरजंग थापाले सङ्गीतकार सुरेस अधिकारीले एफएम रेडियोका सञ्चालकहरू, रेडियो आबद्ध छाता संगठन र नेतृत्वलाई तल्लो स्तरको गाली गलौज तथा एफएम रेडियोलाई लक्षित गर्दै प्रसारण गृहमा आक्रमण गर्ने सम्मको अभिव्यक्ति दिएकाले उनका सिर्जनाहरू प्रसारण नगर्ने निर्णयमा पुग्न बाध्य भएको बताए । उनले विगतमा भएका सहमति र सम्झौता अनुसार सङ्गीत रोयल्टी संकलन समाज नामक संस्थाले आफ्नो सहमति कार्यान्वयन नगरेको बताए । थापाले समग्र सर्जक र स्वतन्त्र रेडियोहरू बीचको नङ र मासु जस्तै सम्बन्धमा दरार आउन नदिन प्रतिबद्ध रहेको बताए ।

उनले भने ‘विगतमा भएका सहमति र सम्झौता अनुसार सङ्गीत रोयल्टी संकलन समाज नामक संस्थाले आफ्नो सहमति कार्यान्वयन नगरेको तथा वितरण प्रणाली पारदर्शी र व्यवस्थित नगरेको भन्ने सर्जकहरूकै गुनासो रहेकाले सरकारी स्तरबाट नै सङ्गीत रोयल्टी संकलन कार्यका लागि व्यवस्थित प्रणाली नभएसम्म पूर्ववत् सहमति अनुसार रोयल्टी तिर्न बाध्य नहुने समेत प्रस्ट पार्दछौँ साथै सङ्गीत रोयल्टीका नाममा एफएम रेडियोको नवीकरण प्रक्रियामा अवरोध पुर्‍याउनु संविधान र कानुनको बर्खिलाप समेत भएकाले यो अवरोध तत्काल हटाउन नेपाल सरकार समक्ष माग गर्दछौँ ।’

सङ्गीत रोयल्टीलाई व्यवस्थित, पारदर्शी र सर्वस्वीकार्य बनाउन गरिएका प्रयासलाई नराम्रो नियतले गलत प्रचार गरी श्रष्टाहरु माझ भ्रम सिर्जना गर्ने कार्य भइरहेको ध्यानाकर्षण भएको रेडियो ब्रोडकाष्टर्स फोरमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =