राजनीतिक रूपान्तरणका लागि एग्जिट पोलिसी अनिवार्य : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रूपान्तरणका लागि एग्जिट पोलिसीको आवश्यकता रहेको बताएका छन् ।

सोमकार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरूले एग्जिट पोलिसी बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरू भइरहने प्रवृत्तिको अन्त्य हुने बताए । उनले राजनीतिमा उमेर नभई एजेण्डा महत्त्वपूर्ण हुने भएपनि महत्त्वपूर्ण पदहरूमा भने एग्जिट पोलिसी राख्न जरुरी देखिएको बताए ।

उनले भने ‘रूपान्तरणको अभियान भनेर केही साथीहरूले नै कार्यक्रम गरेर हिँड्नुभयो, त्यहाँ कतिपय शब्द प्रयोग गर्दैगर्दा कमजोरी भएको छ भने ती साथीहरूले आत्मालोचना गरेर बस्नुपर्छ । तर त्यहाँ पनि केही महत्त्वपूर्ण विषयहरू संगठनका लागि गरौँ भनेर आएका छन् । त्यसलाई पनि काँग्रेसले ग्रहण गर्नुपर्छ । राजनीतिक रूपान्तरणको लागि एउटा के जरुरी देखियो भने एग्जिट पोलिसी जरुरी देखियो । त्यो एग्जिट पोलिसी भनेको त्यो सबैमा थियो भने धेरै वर्ष पहिला सभापतिले राजनीतिबाट राजीनामा दिनुहुन्थ्यो । केही वर्षअघि लहर चलेको थियो । ७० वर्ष नाघेकालाई राजनीतिबाट बिदा गर्ने भनेको थियो । एज नभई राजनीतिमा एजेण्डा हुनुपर्छ भनेर मैले भन्दा म आलोचित भएँ । तर नेकपा एमालेले त्यसलाई ग्रहण ग¥यो, त्यसलाई लागू गरेको छ । हामीले एग्जिट पोलिसी राखेको भए शेरबहादुर दाइले जस्तो ५ पटक हुन्थे भन्ने सोच्दैन । त्यसैले एग्जिट पोलिसी आवश्यक छ ।’

महामन्त्री शर्माले विभिन्न नयाँ दलहरूले मिसन २०८४ सञ्चालन गरेपनि २०८४ मा २००७ सालको जस्तो क्रान्ति नभई मात्र निर्वाचन हुने बताए । उनले पार्टीको कुनै सदस्यले कालो मोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा कुनै स्थान दिनु नहुने बताए । महामन्त्री शर्माले कानुन हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव गरे । उनले एक पटक हारिसकेका व्यक्तिलाई सो भन्दा ठूलो पदमा सोही समयमा राख्न नसक्ने गरी काँग्रेस अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =