गरगहनासहित रु ३० लाख बराबरको धनमाल चोरी
२०८० साउन ७ गते

प्रतिकात्मक तस्विर
काठमाडौँ । काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु आठ हजार पाँच सय गरी करिब रु ३० लाख बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
२०८० साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








