मौद्रिक नीतिको प्रभाव : नेप्से परिसूचक ६३.२४ अंकले बढ्याे

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार नै मौद्रिक नीति सार्वजनिक गरेसँगै नेप्से उच्च अंकले वृद्धि भएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर तथा घरजग्गा कर्जाको जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको छ । उक्त घोषणा भएसँगै नेप्से परिसूचक ६३.२४ अंक बढेर २२२७.२४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १४.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.५१ अंक बढेको छ ।

आइतबार कारोबारमा आएका २६६ कम्पनीको १ करोड २० लाख २ हजार कित्ता शेयर ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकम पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ उपसमूहको परिसूचक ४.९८ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

आइतबार नेप्से उच्च अंकले वृद्धि भएसँगै तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा किसान लघुवित्त, चन्द्रागिरि हिल्स र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई बैंक र कालिञ्चोक दर्शको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आइतबारको कारोबार शिवम् सिमेन्ट कम्पनीको १४ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *