राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ : शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताएका छन् ।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राखे । उनले कांग्रेसको नीति ठिक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउनु नहुने बताए । उनले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताए । उनले केन्द्रका नेताहरूले टिकट वितरण नगरेर स्थानीय समितिलाई जिम्मेवारी दिनुपर्ने पनि बताए ।

उनले भने ‘हामीले कस्तो किसिमको क्रियाशील दिदैछौँ ? केन्द्रबाट दिदैछौँ, हामीले वडा, टोलबाट दिइरहेका छौ कि ? क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन । जबसम्म भित्रबाट लाग्दैन कि काँग्रेसको नीति ठिक हो भनेर । तसर्थ बढाउनतर्फ नलागौँ । राम्रो मान्छे चुनेर मात्रै गरौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिले पनि अब विकेन्द्रिकरण गर्नुपर्यो । सबैभन्दा महत्वपूर्ण जिल्ला सभापतिहरू भन्दापनि वडा अध्यक्षहरू हुन् । हामी केन्द्रमा बसेर भन्छौँ फलानोलाई टिकट दिनुपर्यो भनेर । वस्तुस्थिति हामीलाई थाहा हुँदैन । त्यहाँको को व्यक्ति उपयुक्त हो रु कसले समाजमा प्रतिष्ठा बोकेको छ रु कसले एउटा दिशा दिनसक्छ रु केन्द्रमा बसेर निर्णय गर्ने यो ठिक भएन ।’

नेता कोइरालाले पार्टीले आगामी २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने बताए । पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उनले सत्तामा जानेमात्र होइन रूपान्तरण गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्रको गुट, उपगुटको पनि अन्त्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 4 =