नेकपा एस रामेछाप जिल्ला अध्यक्ष एमाले प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा एमालेमा फर्किएका छन् ।

स्मृति दिवसका अवसरमा आइतबार मन्थलीमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

मन्थली नगरपालिकाका पूर्व मेयर समेत रहेका बस्नेत गत निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार उठेका थिए ।

बस्नेतसँगै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ मा नेकपा एसबाट निर्वाचित वडा सदस्य सरोज आले मगर र राप्रपाका नेता केशव दाहाल पनि एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =