धरानमा गोलि प्रहार गरी युवकको हत्या

सुनसरीको धरानमा गोलि प्रहारबाट एक युवकको हत्या भएको छ। शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरी प्रहरीले जनाएको छ।

गोलि प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिए पनि ज्यान गएको एसपी प्रभु ढकालले जानकारी दिए।

उनका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए। गोली प्रहार गरेर उनीहरु फरार भएका छन्।

मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको छ। धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको हो।

घटनाको थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =