बालुवाटार जग्गा प्रकरणका बन्दीको रिटमा सुनुवाई सकियो
२०८० साउन ५ गते

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका ४ जनाको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई सकिएको छ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा ५ दिनदेखि सुनुवाइ भइरहेको थियो।
भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ, सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिर कुमार शाह र पूर्व मालपोत अधिकृत धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
उनीहरूले आफूहरूलाई कानुन विपरीत हिरासतमा राखिएकाले रिहा गर्न माग गरेका छन्। यस्तै सरकारले भने बालुवाटार जग्गा प्रकरणका केही अभियुक्तलाई पक्राउ नगर्नु भन्ने सर्वोच्चको आदेश पनि खारेज गर्न निवेदन दिएको छ। यी सबै मुद्दा एकसाथ राखेर हेरिएको हो।
२०८० साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित









