तीन लाख ३९ हजार धरौटी बुझाउन नसकेर हिरासत पुगेकी खातुन मृत फेला

सर्लाही । सर्लाही प्रहरीको हिरासतमा एक महिला मृत फेला परेकी छन् । सर्लाहीको मलंगवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा चक्रघटा गाउँपालिका ८ की ४० वर्षीया हजरत खातुन झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

खातुनलाई सशस्त्र प्रहरीले यही २ गते नेपाल भारतको सीमा क्षेत्रमा अवस्थित झिलमिलियामाई बोर्डरबाट गहना र अवैध रकमसहित पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो । उनको साथबाट प्रहरीले १८७.७७ ग्राम चाँदी र ७.०७ सुनका साथै ५ लाख ४ हजार नगद प्रहरीले बरामद गरेको थियो ।

बिहीबार भन्सार कार्यालयले उनलाई ३ लाख ३९ हजार धरौटी रकम माग गरेको थियो तर, रकम नबुझाएपछि हिरासतमा राखिएको थियो । राति करिब १० बजे कपडाको पासो लगाएको अवस्थामा भेटिएपछि उपचारको लागि अस्पतालमा लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियार थारुले जानकारी दिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *