नागरिक लगानी कोषको संचालकमा खत्री निर्वाचित

२०८० असार ३१ गते

नागरिक लगानी कोषको सञ्चालकमा सुुरेश प्रसाद खत्री निर्वाचित भएका छन्। आइतबार सम्पन्न २८ औं बार्षिक साधारण सभाबाट खत्रीलाई निर्विरोध निर्वाचित गरिएको हो।
खत्री नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेत हुन्। बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट ३ बर्षका लागि संचालकमा कार्यरत रहनेछन्।
५२ अर्व भन्दाबढि जीवन बीमा कोष रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको हो।

२०८० असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित