सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण 

काठमाडौँ । सानिमा बैंकले सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला भूमिका आलेको दुर्घटना भई मृत्यु भएकोले निजको हकवाला श्री क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरिएको छ ।
सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।
स्वर्गीय भूमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दीर्घायु तलब बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दीर्घायु बचत तलब खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरूको उपचार बिमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बिमा, रु. ५० हजारको आवधिक जीवन बिमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *