संसदको अवरोध हटाउन प्रचण्ड र ओली जुटे वार्तामा
२०८० असार २५ गते

काठमाडौँ । संसद बैठक सञ्चालनमा प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार पनि वार्तामा जुटेका छन् । यसअघि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष तीन नेताबीच भएको छलफलपछि पनि संसदको अवरोध हट्न सकेको थिएन ।
प्रधानमन्त्री प्रचण्डले १८ भदौमा आफूलाई प्रधानमन्त्री बनाउन पञ्जावी मूलका व्यापारी प्रितम सिंह पटक पटक दिल्ली गएको भनेर दिएको अभिव्यक्तिको विरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर संसदका दुबै सदन अवरोध गर्दै आएको छ ।
दुई नेताबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवाद हुन लागेको हो ।
प्रतिनिधि सभा बैठक सोमबार ३ बजेका लागि डाकिएको छ ।
२०८० असार २५ गते
प्रतिक्रिया
सम्बन्धित









