पोखरामा पञ्चेश्वर आयोजनाको नेपाल–भारत बैठक, के भयो सहमति ?

पोखरा । पोखरामा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना दुई देशीय बैठक बसेको छ । बैठकले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनाभित्र सक्ने सहमति गरेको छ ।

डीपीआरलाई पूर्णता दिने र उक्त प्रतिवेदनको कार्यान्वयनमा सघाउन दुवै देशको सरकारद्धारा गठित विज्ञ समूहको म्याद ६ महिना थप्ने निर्णय गरेको हो ।

‘विस्तृत आयोजना प्रतिवेदनलाई ३ महिनाभित्र अन्तिम रुप दिनेछ । साथै विज्ञ समूहको म्याद ६ महिना थप्ने निर्णय भएको छ,’ सरकारका सहसचिव मधुप्रसाद भेटवालले बताए । उक्त विज्ञ समूहको चौंथो बैठक आगामी १० दिनभित्र आयोजना गर्ने सहमति पनि भएको छ ।

नेपाल–भारतबीच (गभर्निङ बडी)को पोखरामा भएको आठौं संयुक्त बैठकले पञ्चेश्वर विकास प्राधिकरणका दुवै देशका कार्यकारी समितिका सदस्यहरुलाई प्राधिकरणको प्रमुख कार्यालयमा एकमहिनाभित्र खटाउन दुवै देश राजी भएको भेटवालले बताए ।

नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जनशक्ति मन्त्रालयका सचिव पंकज कुमारले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *