सन्दीपसहित प्रमुख ४ खेलाडीलाई बाहिर राख्दै एसिया कप खेल्ने टोली घोषणा

एक सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपालको टोली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार साँझ घोषणा गरेको टोलीमा सन्दीप लामिछानेसहित प्रमुख चार खेलाडीलाई बाहिर राखिएको छ। उनीहरुबिनै नेपालले एसियाकप खेल्ने भएको हो।

रोहितको कप्तानीमा घोषणा भएको टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वउपकप्तान दीपेन्द्रसिंह ऐरी र करण केसी पनि अटाएका छैनन्।

१६ सदस्य टोलीमा नयाँलाई मौका दिइएको छ।

प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ। नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। पाँच टेस्ट टोलीको भने यू२३ का टोली रहने छन् । एसोसिएट टोलीले भने आफ्नो पहिलो रोजाईका खेलाडी पठाउनेछन्।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाईमा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

May be an image of ‎1 person and ‎text that says '‎ACC MEN'S EMERGING TEAMS ASIA CUP LAN CAN MEN'S EMERGING TEAMS ASIA CUP 2023 13T 23RDJULY SRI LANKA KELME Acona Reacher NEPAL SQUAD KUSHAL BHURTEL AASIF SHEIKH ARJUN SAUD ROHIT PAUDEL(C) KUSHAL MALLA AARIF SHEIKH DEV KHANAL GULSAN JHA SOMPAL KAMI BHIM SHARKI SHYAM DHAKAL PRATISH G.C. LALIT RAJBANSHI KISHOR MAHATO SANDEEP JORA SURYA TAMANG POWEREDBY: እא makura CREATIONS #MENSEMERGNTEAMSASAGUPACC#MECAN‎'‎‎

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =