उपभोक्ता समितिको ६ लाख ५० हजार लुटेर वडाध्यक्षसहित तीन जना फरार

सुर्खेत । उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित ३ जना फरार भएका छन् । उपभोक्ता समितिको पैसा लुटेर वडाध्यक्ष विनोदसिंह विष्टसहित सुशील गुरुङ र बलिराज शाहीले सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका पाइएको हो ।

बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट काम सिद्ध्याई बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दिपा खड्काले जानकारी दिइन् । उनीहरूले रकम लिएर फरार भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उपभोक्ता समितिका सदस्यहरूले उजुरी पनि दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *