स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा

बास डि लिडेको अद्धभूत अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएकोछ ।

समान ६ अंक भएपनि नेदरल्यान्ड्सले नेटरनरेटको कारण जिम्बावे र स्कटल्यान्डलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । नेदरल्यान्ड्स २०११ पछि पहिलो पटक विश्वकपमा पुगेको हो । जितको लागि २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

विश्वकपमा पुग्न उक्त लक्ष्य ४४ ओभर भित्र पूरा गर्नुपर्ने थियो । तर ७ बल अघिनै पूरा गर्दै विश्वकपमा स्थान बनायो । विश्वकपमा पुग्न अन्तिम २४ बलमा ४५ रन चाहिएको थियो । ४१ औं ओभरमा स्पिनर मार्क वाटलाई तीन छक्कासहित कुल २२ रन जोडेपछि विश्वकप यात्रा सहज बनेको थियो ।

नेदरल्यान्ड्सको जितमा बास डि लिडेले ९२ बलमा ७ चौका र ५ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेले । टोलीलाई जितको लागि दुई रन चाहिँदा उनी रन आउट भएका थिए । उनको यो करिअरको पहिलो शतक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *