बिकटको ब्यथा : दुई पालिकामा अझै पुगेन सडक, ढुवानीमा खच्चड र पिठ्युँकै भर

पोखरा । गण्डकीका दुई पालिकामा अहिलेसम्म सडक सञ्जाल पुगेको छैन । सडक सञ्जाल नपुगेका कारण मनाङको नार्पाभूमि गाउँपालिकामा मान्छे र खच्चडले दैनिक उपभोग्य सामान ढुवानी गर्छन् ।

नार्पाभूमिको सदरमुकाम च्याँखु पुग्न मनाङ सदरमुकाम चामे नजिकैको कोतोबाट करिब २५ किलोमिटर सडक खन्नुपर्छ ।

भीमकाय भीर र कडा चट्टान भएकोले छिटै सडक पुग्ने सम्भावना पनि कम छ । प्युठ्युँको भारी र खच्चड नै उनीहरुको ढुवानीको माध्यम बनेका छन् ।

त्यस्तै, गोरखाको चुमनुब्री गाउँपालिकामा पनि सडक सञ्जाल पुग्न नसक्दा त्याहाँकाे अवस्था पनि यस्तै विकट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *