आयातित खाद्यान्नले बालबालिकामा मनोवैज्ञानिक समस्या बढ्यो : सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासायनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रासायनिक मलले गर्दा जल, जमिन र वायुलाई सङ्क्रमण  गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सरकारले सोच्न आवश्यक रहेको बताए । उनले  रासायनिक मलको प्रयोगका कारण जनस्वास्थ्यमा परेको असर, जनस्वास्थ्यको संवेदनशीलतामा ध्यान दिनुपर्ने बताए । उनले दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरूले गर्दा बालबालिकाहरूमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको अध्ययनले देखाएको पनि बताए ।
उनले भने ‘कृषकले मल नपाइरहेको कारण एउटा बिचौलिया र अर्को वितरण प्रणाली नभएको हो । त्यसमा काम गर्नुपर्छ । रासायनिक मलले गर्दा जल, जमिन र वायुलाई सङ्क्रमण गर्नेकुरालाई कसरी न्यूनीकरण गर्ने भन्नेकुराहरु केही पनि छैन । अर्थ समिति दिगो विकास लक्ष्यको दस्तखत गरेको हो । दिगो विकास लक्ष्यको मापनहरू प्यारामिटरअनुसार भएको छ की छैन ? भनेर हेर्ने पनि निकाय हो । जनस्वास्थ्यको संवेदनशीलता पनि हेर्नुपर्छ । दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरूले गर्दा बच्चाहरूमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको भन्ने देखाइरहेको छ, यसको लागि के छ ? माटोको गुणस्तर खस्किँदै गएको छ, अनिकाल बढ्दैछ ।’
सांसद श्रेष्ठले माटोको गुणस्तर खस्किँदै गएकाले नेपालमा खाद्यान्न सङ्कट निम्तिरहेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =