सन्दीप लामिछानेको बरियतामा सुधार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) तर्फको बलिङ वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप एक स्थान माथि उक्लिएका छन्।

एक स्थान वरीयता सुधार गरेका सन्दीप २४ औं स्थानमा रहेका छन् ।

बलिङ तर्फ नै सोमपाल कामी २ स्थान खस्किएर ७८ औं स्थानमा रहँदा दीपेन्द्र सिंह ऐरी ५ स्थान तल झरेर ६२ औं स्थानमा रहेका छन्।

अर्का तीव्र गति बलर करण केसी भने २ स्थान सुधार गर्दै ८७ औं स्थानमा रहेका छन् ।

ब्याटिङ तर्फ भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल १ स्थान खस्किएका छन् ।

नयाँ वरीयतामा रोहित ७३ औं स्थानमा रहेका छन् । ब्याटिङतर्फ नै ओपनर ब्याटर आसिफ शेख ४ स्थान खस्किएर ७७ औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *