प्रतिनिधि सभाको बैठक शुक्रबार बस्ने गरी स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै अवरोध गरोको संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । २२ असार शुक्रबार ३ बजे बस्ने गरी संसद बैठक सूचना टाँस गरि स्थगित गरिएको हो ।

बुधबारको बैठकमा संसद सञ्चालनमा नेकपा एमालेले अवरोध गरेको थियो । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय मूलका व्यापारी प्रितम सिंह पटक पटक दिल्ली गएको भनेर १८ असारमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।

एमालेको अवरोधले बैठक चल्न सक्ने अवस्था नरहेपछि संसद बैठक बुधबार आधा घण्टाका लागि स्थिगित गरिएको सभामुख देवराज घिमिरेले संसद बैठकलाई बताएका थिए । त्यसपछि रोकिएको बैठकलाई पछि सूचना टाँस गरेर शुक्रबार ३ बजेका लागि सारिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *