प्रभु महालक्ष्मी लाइफको सञ्चालक मनोनयन 

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ  इन्स्योरेन्स  लिमिटेडको सञ्चालक मनोनयन भएको छ ।

एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ । ७ सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक  समूहबाट श्री शिक्षा भट्टचन र श्री मिजास भट्टचन तथा महालक्ष्मी लाइफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनीत भएका छन् ।

सर्वसाधारण समूहबाट भने दीपक पाण्डे र श्री शंकर गौतम मनोनित भएका छन् । २०७९ आषाढ ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय संचालक समिति गठन गर्ने सहमति भएको थियो।

स्वतन्त्र संचालकको मनोनयन एकीकृत कारोबार पछिको संचालक समितिले नियुक्त गर्ने सहमति भएको छ। संचालक समितिको अध्यक्षको हकमा एकीकृत कारोबारपछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनीत सञ्चालक अध्यक्ष बन्ने लिखित सहमति भएको  इन्स्योरेन्सले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *