प्रचण्डको मोर्चामा नअटाएका बाबुरामले छुट्टै मोर्चा बनाउने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको मोर्चामा अन्तिम समयमा नसमेटिएका बाबुराम भट्टराईले छुट्टै मोर्चा बनाउने भएका छन्।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द्रको नेकपा रहेको मोर्चामा बाबुराम पनि समेटिने कुरा भएको थियो।

सुरुका बैठकमा बाबुराम पनि सक्रिय थिए।

तर उपेन्द्र यादवबाट केही समयअघि मात्रै अलग भएका उनलाई छाडेर मोर्चा निर्माण भएको थियो।

नेसपाले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ नारासहित अर्को अभियान सुरू गर्ने भएको छ।

यही अभियानका क्रममा नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरुसँग सम्वाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्ने योजना अघि सारेको हो। मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले विज्ञप्तिमा मार्फत जानकारी दिएका छन्।

अग्रगामी शक्तिहरुको वृहद् ध्रुवीकरण मार्फत देशमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न प्रयत्नशील रहने, अन्य पार्टीमा आवद्ध पहिचानसहितको सङ्घीयता, लोकतन्त्र र अग्रगमनका पक्षधर व्यक्तिहरूलाई पार्टी प्रवेश गराउने, स्वतन्त्र रूपमा रहेका प्रतिष्ठित व्यक्तिहरुलाई पार्टीमा आवद्ध गराउने, ध्रुवीकृत व्यक्ति, व्यक्तित्व र नेतृत्वलाई आवश्यकता अनुसार विभिन्न स्तरको अभियानमा जोड्ने,’ विज्ञप्तिमा भनिएको छ।

असारबाट सुरू भएको अभियान पुस मसान्तसम्म सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ। अभियानले पार्टीलाई वैचारिक रूपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रूपमा स्थापित गर्ने विश्वास पनि लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =