नेपालले मलेसियालाई दियो २५३ रनको बलियो लक्ष्य

काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कपको फाइनलमा नेपालले घरेलु टिम मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३५ ओभरको खेलमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको हो ।

नेपालका लागि नरेन भट्टले अविजित ११२ रनको शतकीय पारी खेलेका थिए । नरेनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाएका थिए । नीरज कुमार यादवले ४७ रन बनाए भने सन्तोष यादवले २६, सुर्यान्शु कोइरालाले १८, अशोक धामीले ११ रन बनाएका थिए ।

मलेसियाका बलरमुहमद आक्रमले सर्वाधिक ३ विकेट लिए भनेहाजिल हैक्व्ल, अरीन अकील र मुहमद फथुल मुइनले एक एक विकेट लिएका थिए । अहिले मलेसियाले जबाफी ब्याटिङ गरिरहेको छ ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *