टेस्ट राष्ट्र आयरल्यान्डलाई स्तब्ध पार्ने सोचमा नेपाल

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफको फाइनलमा आज नेपालले आयरल्याण्डसँग खेल्दैछ । खेल जिम्बाबेको हरारे स्पोर्ट्स स्टेडियममा अपराहन्न १२:४५ बजेदेखि सुरु हुँदैछ ।

यस खेलको विजेता सातौं र पराजित हुने टोली आठौं स्थानमा रहेर विश्वकप छनोट अन्त्य गर्नेछन् । नेपालले ओडिआईमा आयरल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो । नेपाल पहिलो भेटमै सानदार प्रदर्शनमा साथ आयरल्यान्डलाई स्तब्ध पार्न चाहन्छ ।

सुपर सिक्समा पुग्न नसकेको आयरल्यान्ड नेपालमाथि सहज जित निकाल्ने सोचमा हुनेछ । समूह चरणमा आयरल्यान्डलाई ओमान र स्कटल्यान्डले हराएको हुँदा नेपालको पनि मनोबल उच्च छ । नेपालले हालसम्म कुनैपनि खेलमा टेस्ट टोलीलाई हराएको छैन । नेपाल त्यो इतिहास लेखाउन हरप्रयास गर्नेछ ।

यसअघि क्वालिफायरमा नेपाल समूह’बाट सुपर सिक्समा जान असफल भएको थियो भने आयरल्याण्ड समूह बि’बाट सुपर सिक्सबाट पुग्न असफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *